दफा १३
वैदेशिक सहायताको क्षेत्र र प्रयोग
(१) नेपाल सरकारले वैदेशिक सहायताको परिचालनबाट प्राप्त हुने प्रतिफल र उपलब्धिको आँकलन गरी पारदर्शी रूपमा वैदेशिक सहायता लिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त वैदेशिक सहायताको परिचालन नेपाल सरकारले देहायको राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा गर्नु पर्नेछः-
(क) भौतिक पूर्वाधारको निर्माण, मर्मत र जिर्णोद्धार,
(ख) शिक्षा, स्वास्थ्य र मानव विकास,
(ग) स्वदेशी उत्पादन र उत्पादकत्व बृद्धि,
(घ) स्वदेशमा रोजगारी सिर्जना र क्षमता विकास,
(ङ) विपद् व्यवस्थापन,
(च) विज्ञान तथा प्रविधिको विकास र हस्तान्तरण,
(छ) वातावरण संरक्षण र जलवायु परिवर्तन,
(ज) सार्वजनिक निजी साझेदारीमा गरिने लगानी,
(झ) सार्वजनिक निजी, सहकारी र सामुदायिक क्षेत्रको क्षमता नपुगेको क्षेत्रमध्ये नेपाल सरकारले वैदेशिक सहायता लिन उपयुक्त हुने भनी निर्धारण गरेका क्षेत्रहरु ।